विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
मङ्गलबार, ११ भदौ २०८१, १२ : ५०
काठमाडौँ । अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ घर भएका ४१ वर्षीय सन्तोष कुमार कुवर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौँ आएका प्रशान्तबाट सन्तोषले अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण