कानुन समिति बैठकमा जसपा र एमाले सांसदबिच भनाभन
काठमाडौँ । कानुन न्याय तथा मानव अधिकार समितिमा एमाले र जसपा सांसदहरूबिच भनाभन भएको छ । आज सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा जसपा सांसद प्रकाश अधिकारीले कानुन समितिले दिएको निर्देशन पालना नगर्ने भए कानुन समितिको के औचित्य छ भन्दै प्रश्न गरेका थिए ।
अधिकारी बोलेपछि बोलेका एमालेका मुख्य सचेतक महेश बर्तौला समितिमा बसेर समितिको औचित्य माथि प्रश्न उठाउन नमिल्ने बताए । 'प्रश्न उठाउनु छ भने समितिमा नआउन सकिन्छ, यसको औचित्यका बारेमा प्रश्न गर्ने कुरा स्वीकार हुँदैन । सरकारले गर्ने निर्णय उपयुक्त नलागे पनि समितिको बारेमा नराम्रो भन्न मिल्दैन'- उनले भने ।
त्यसपश्चात समय मागेर बोल्दै अधिकारीले आफूलाई समितिबाट निस्केर जा भन्ने अधिकार बर्तौलालाई नभएको बताए । उनले भने– 'सरकारको मुख्य सचेतकले जे बोल्नुभयो मेरो त्यसमा आपत्ति छ । कसैले कृपाले म यो समितिमा आएको होइन। संवैधानिक अधिकार प्रयोग गरेर आएको हो। उठेर जा भन्ने अधिकार कसैलाई छैन । बिचार राख्ने स्वतन्त्रता सबैलाई छ । यो आपत्तिजनक शब्द आपत्तिजनक छ आइन्दा यस्तो शब्द प्रयोग नगर्नुहोस् । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण