६ महिनाभित्र आयात प्रतिस्थापन गर्छु भनेर प्रधानमन्त्रीले बाचा गर्नुपर्यो, होइन भने राजीनामा दिए हुन्छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल र भारतबिचको नाका खुल्ला भएका कारण आयात प्रतिस्थापन गर्न नसकिरहेको बताएका छन् ।
मंगलबार भएको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले आयात प्रतिस्थापन गर्न नसकेका कारण देशको आर्थिक क्षेत्रमा असर पुगेको बताएका हुन् ।
नेपालमै उत्पादित वस्तु प्रयोगमा जोड दिनुपर्ने उनले जोड दिए । 'आयात बन्द गरौँ । उनीहरूले रोक लगाउँछन् भने सामना गरौँ । जति नेपालमा उत्पादन हुन्छ त्यसैले पुर्याऔँ । उताबाट नल्याऊँ,' उनले भने ।
भारतबाट खुलेआम रूपमा आयात हुने तर भारततर्फ निर्यात गर्न असहज परिस्थिति रहेको उनको भनाई थियो । 'त्यहाँका व्यापारीले नेपालबाट जाने वस्तुलाई भन्सारमा रोकिदिन्छ,' उनले भने, 'प्रक्रिया पुरा गर्न विहार जानुपर्छ । विहारबाट प्रक्रिया पुरा गर्दा कुहिन्छ ।'
तर बोर्डर खुल्ला हुँदा भारतबाट भने सहज रूपमा जस्तो वस्तु पनि आयात भइरहेको उनको जिकिर थियो । 'बोर्डर खुल्ला भएर हाम्रो बजार बिग्रिएको छ । बोर्डर बन्द गरौँ। १५० देशसँग व्यापार सम्बन्ध छ, त्यसमध्ये ५ वटा मात्रै देशसँग नाफामा छ। अफ्रिकाबाट पनि आयात भइरहेको छ,' उनले भने, 'अफ्रिकासँग पनि देश व्यापार घाटामा छ ।'
उनले आत्मनिर्भर हुनका लागि उत्पादन बढाउनु पर्ने तथा बजार व्यवस्थित गर्नुपर्ने बताए । 'प्रधानमन्त्री आएर बाचा गर्नुपर्यो, ६ महिनाभित्र आयात प्रतिस्थापन गर्न सक्छु भनेर होइन भने राजीनामा दिए हुन्छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण