बाढीले पुल भत्काउँदा विद्यालयमा पठनपाठन बन्द
जाजरकोट । बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।
विद्यालय जाने बिच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए ।
“पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ”, उनले भने । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण