सीजी मोर्टर्सद्वारा नाडा अटो शोमा एकैपटक ४ वटा नयाँ ब्राण्ड सार्वजनिक
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदाउँदै गरेको सीजी मोटर्सले नाडा अटो शो, २०२४ को अवसरमा एकैपटक चावटा नयाँ ब्राण्डलाई नेपाल भित्र्याएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको १६औँ संस्करणको अटो शोमा कम्पनीले विश्व प्रसिद्ध ईभी ब्राण्ड अवतार, एक्सपिङ, रिडार र हिजो मोटरसाइकलका नयाँ उत्पादनसहित चारवटा ब्राण्ड सार्वजनिक गरेको हो ।

यी चार ब्राण्डसँगै अब नेपाली अटोमोबाइल बजारमा सीजी ग्रुपले बेच्ने अटो ब्राण्डको संख्या १० पुगेको छ । कम्पनीले अटो शोमा नेटा, एक्सपिङ, अवतार, एओन, रिडार, सीजी केवाईसी, किङ्गलङ र हिरो गरी ८ वटा ब्राण्डका ८ वटा स्टल लिएको छ ।

अटो शोकै दौरानमा कम्पनीले अवतार–११ मोडल सार्वजनिक गरेको छ । यो प्रसिद्ध चिनियाँ कम्पनी च्याङ्योङको उत्पादन हो । कम्पनीले उच्च टेक्नोलोजिमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक क्याटलको साझेदारीमा उत्पादन गरेको हो । अवतार–११ प्रिमियम सेग्मेन्टको लक्जरी गाडी हो । कम्पनीले गाडीमा १९० किलोवाटको मोटर र ९० किलोपावर र ११६ कलोपावरको ब्याट्री उपलब्ध गराएको छ ।

यो गाडी एकपटकको फूल चार्जमा अधिकतम ६८० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण