आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध चयन
मङ्गलबार, ११ भदौ २०८१, २१ : ५९
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
उनले आईसीसीको अध्यक्षको जिम्मेवारी आगामी डिसेम्बर १ देखि सम्हाल्ने छन् । ३५ वर्षीय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बन्नेछन् । आईसीसीको शीर्ष पदमा पुग्ने उनी पाँचौँ भारतीय हुन् ।
यसअघि आईसीसीको अध्यक्ष पदमा भारतका जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले जिम्मेवारी सम्हालेका थिए ।
शाहले आफ्नो कार्यकालमा क्रिकेटलाई अधिक वैश्विक बनाउनका लागि आईसीसी टिम र यसका सदस्य राष्ट्रसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण