यूएस ओपन टेनिस : पहिलो चरणमै हारिन् पूर्वविजेता एमा राडुकानु
काठमाडौँ । पूर्वविजेता समेत रहेकी प्रभावशाली ब्रिटिस खेलाडी एमा राडुकानु विश्वको चर्चित ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको पहिलो चरणमै पराजित भएकी छन् । उनी महिला एकलतर्फको बुधबार सम्पन्न खेलमा अमेरिकी प्रतिद्वन्द्वी सोफिया केनिनसँग हारेकी हुन् ।
२१ वर्षीया एमा राडुकानुले सन् २०२१ मा यूएस ओपनको उपाधि जितेकी थिइन् । उनले जितेको यो एकमात्र ग्रान्डस्लाम उपाधि पनि हो । छनोट चरण पार गरेर यूएस ओपनमा पुगेकी एमा राडुकानुले त्यतिबेला अप्रत्यासित रुपमा उपाधि जितेर धेरैलाई चकित पारेकी थिइन् ।
उनले अघिल्लो संस्करणको यूएस ओपनमा भने सहभागिता जनाएकी थिइनन् । त्यतिबेला उनी घाइते थिइन् । बुधबार उनले खेलको खराब सुरुवात गरेकी थिइन् । प्रतिद्वन्द्वीसामु निरीह देखिएकी उनले पहिलो सेट १–६ अंकले गुमाएकी थिइन् ।
दोस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गरेकी उनले नतिजालाई ६–३ ले आफ्नो पक्षमा पारेकी थिइन् । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटको नतिजालाई २५ वर्षीया सोफिया केनिनले ६–४ अंकले आफ्नो पक्षमा पारेकी थिइन् ।
केनिनले पनि हालसम्म एउटामात्र ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमेकी छन् । उनले सन् २०२० मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । यूएस ओपनमा भने उनी चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।
‘खेल निकै प्रतिस्पर्धात्मक थियो । मैले नढाँटी भन्नुपर्छ, राडुकानुलाई हराउन मैले निकै सँघर्ष गर्नुपर्यो,’ खेलपछि केनिनले भनेकी छन् । केनिनले अब प्रतियोगिताको दोस्रो चरणमा आफ्नै राष्ट्रकी जेसिका पेगुलाको सामना गर्नेछिन् ।
जेसिका भने पहिलो चरणको खेलमा आफ्नै राष्ट्रकी सिल्बी रोजर्सलाई ६–४, ६–३ अंकले हराउँदै दोस्रो चरणमा पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण