यूएस ओपनको इतिहासकै सबैभन्दा लामो खेलमा इभन्सले बाजी मारे
काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा बुधबार एउटा ऐतिहासिक घटना भएको छ । यूएस ओपनको पुरुष एकलतर्फको पहिलो चरणको खेलमा यस्तो कीर्तिमान बनेको हो ।
ब्रिटेनका डान इभान्स र रुसका कारेन खाचानोभबिचको खेल पाँच घण्टा ३५ मिनेटसम्म चलेको थियो । अन्ततः उक्त खेलमा ३४ वर्षीय डान इभान्सले बाजी मारेका थिए । यूएस ओपनको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको खेल बन्न पुगेको छ ।
विश्व टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगितामध्ये यूएस ओपन दोस्रो पुरानो प्रतियोगिता हो । यूएस ओपनको पहिलो संस्करण सन् १८८१ मा आयोजना भएको थियो । हाल भइरहेको प्रतियोगिता यूएस ओपनको एक सय ४४औँ संस्करण हो ।
ब्रिटिस खेलाडी डान इभान्सले खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेका हुन् । पहिलो सेटमा ६–७ (६–८) अंकले पछि परेका डान इभान्सले त्यसपछि दोस्रो सटको नतिजालाई ७–६ (७–२) अंकले आफ्नो पक्षमा पारेका थिए ।
तेस्रो सेटमा पनि उनी ७–६ (७–४) अंकले विजयी भए । चौथो सेटको खेलमा भने उनी पुनः ४–६ अंकले पछि परेका थिए । अन्ततः पाँचौँ तथा अन्तिम सेटको नतिजालाई ६–४ अंकले आफ्नो पक्षमा पार्दै उनी दोस्रो चरणमा पुगेका हुन् ।
अन्तिम सेटको खेल चलिरहँदा डान इभान्स र उनका रुसी प्रतिद्वन्द्वी कारेन खाचानोभ दुबै शारीरिक तथा मानसिक रुपमा थकित भइसकेका थिए । ‘खेल जारी राख्नुको विकल्प थिएन । वास्तवमै खेल जित्न मैले यसअघि यत्तिको सँघर्ष गर्नु परेको थिएन । संयोगले यो ऐतिहासिक खेल पनि बन्न पुग्यो,’ खेलपछि डान इभान्सले भने ।
उनले आफू शारीरिक र मानसिक रुपमा थकित भएको प्रतिक्रिया पनि दिए । ‘मसँग अब धेरै समय उभिने हिम्मत पनि छैन । सम्भवतः कारेनलाई पनि यस्तै अनुभव भइरहेको होला । मेरो टाउको पनि दुःखी रहेको छ र अब म सिधै आफ्नो ओछ्यानमा जान चाहन्छु,’ उनले भनेका छन् ।
डान इभान्स र कारेन खाचानोभबिचको पहिलो सेट खेल ६८ मिनेटसम्म चलेको थियो । त्यसपछि दोस्रो सेटको नतिजा आउन ६७ मिनेट समय खर्च भएको थियो । तेस्रो सेट त झनै ७२ मिनेटसम्म चलेको थियो । चौथो सेटको नतिजा ६७ मिनेटमा आएको थियो भने पाँचौँ सेट ६१ मिनेटसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण