मलयालम फिल्म उद्योगमा यौन उत्पीडनका १७ वटा मुद्दा दर्ता
नयाँ दिल्ली । यतिबेला मलयालम फिल्म उद्योग ‘मि टू अभियान’ले तरगिंत बनेको छ । हालसम्म १७ वटा यौन दुर्व्यवहारका मुद्दा दर्ता भएका छन् । आरोपहरूकै बिचमा मलयालम चलचित्र कलाकार संघ ‘अम्मा’ पनि विघटन गरिएको छ । प्रहरीले आरोपका सम्बन्धमा मलयालम फिल्म उद्योगका कयौँ फिल्म स्टार र फिल्म निर्माताहरूसँग सोधपुछ गर्न सक्ने देखिएको छ ।
एसआईटीले अभिनेत्रीहरूको आरोपको छानबिन गर्ने
यौन उत्पीडनको आरोपको शृङ्खलामा नयाँ आरोप फिल्म अभिनेत्री सोनिया मल्हारले लगाएकी छिन् । मल्हारले सन् २०१३ मा फिल्मको सेटमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै केरला सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीसमक्ष आफ्नो उजुरी दिएकी छिन् ।
केरला सरकारले मलिउडमा यौन दुर्व्यवहारको आरोपको छानबिन गर्न यो विशेष अनुसन्धान टोली गठन गरेको हो । सोनिया मल्हारअघि चलचित्र अभिनेत्री मीनु मुनीरले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । मीनु मुनीरले अहिले आफूलाई धम्कीपूर्ण सन्देशहरू आइरहेको दाबी गरेकी थिइन् । यो जानकारी मीनुले सामाजिक सञ्जालमा दिएकी हुन् । विशेष अनुसन्धान टोलीले छिट्टै मीनु मुनिरको पनि बयान लिन सक्ने बताइएको छ ।
अभिनेता सिद्धिकी विरुद्ध मुद्दा दर्ता
मलयालम फिल्म अभिनेता सिद्धिकी इस्माइल माथि यौन शोषणको आरोप लागेको छ । एक अभिनेत्रीले सन् २०१६ मा सिद्दिकीमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । पुलिसले यस मामिलामा आईपीसीको धारा ३७६ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । हाई प्रोफाइल फिल्म स्टार विरुद्धको यो दोस्रो एफआईआर हो । मलयालम फिल्म उद्योगमा धेरै अभिनेता, निर्देशक र फिल्म निर्माताहरू विरुद्ध यौन शोषणको आरोप छ ।
गत हप्ता न्यायमूर्ति हेमा समितिको प्रतिवेदन सार्वजनिक भएपछि मलयालम फिल्म उद्योगका केही शीर्ष व्यक्तिहरूमाथि आरोपको बाढी सुरु भएको छ । २३५ पृष्ठको प्रतिवेदनमा मलयालम फिल्म उद्योग १०÷१५ जना पुरुष निर्माता, निर्देशक र अभिनेताहरूद्वारा नियन्त्रित रहेको बताइएको छ ।
प्रदेश सरकारले २०१७ मा गठन गरेको तीन सदस्यीय न्यायमूर्ति हेमा समितिले २०१९ मा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक गर्न कानुनी चुनौती आएपछि गत हप्ता मात्रै प्रतिवेदनलाई बाहिर ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण