वायुसेवा निगमको लापरबाहीले नेपाली आकाश असुरक्षित : सांसद राजभण्डारी
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले नेपाल वायु सेवा निगममा देखिएका लापरबाही र बेथितिले नेपाली आकाश दिनप्रति दिन असुरक्षित बन्दै गएको भन्दै विरोध गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हवाई दुर्घटनाहरू बढेकाले नेपाल वायुसेवाको साख गिरेको उल्लेख गरिन् ।
‘यतिमात्र हैन निगम ५२ अर्ब ऋणमा डुबेको छ । सरकारले निगमलाई यो दलदलबाट निकाल्न र हवाई यात्रुहरूको सुरक्षामा ध्यान देओस्‚’ उनले भनिन् ।
सांसद राजभण्डारीले नेपाली आकाश असुरक्षित र नेपालको वायुसेवा संकटग्रस्ट रहेको भन्ने छलफल र खबरहरूका बिच नेपाल वायुसेवा निगमको बेथिति र लापरबाहीले ८०० भन्दा बढी यात्रुहरू बिचल्लीमा परेको खबर बाहिर आएकोमा आपत्ति जनाइन् ।
‘यतिबेला नेपाल वायुसेवा निगमका ४ मध्ये ३ जहाज ग्राउन्डेड भएका छन् । दुइटा वाइड बडी त पहिलै ग्राउन्डेड हालतमा छन्‚’ उनले भनिन्‚‘अहिले सगरमाथा नामको न्यारोबडी जहाजको बिग्रिएको हाइड्रोलिक बनाउनुपर्ने र नबिग्रिएको हाइड्रोलिक खोल्दा त्यसको सिल च्यातिएर समस्या आएको भनिँदै छ । त्यसमा नक्कली ग्लुले टाँसेर जहाज उडाउन खोजेको भन्ने कुरा पनि आएको छ । वास्तविकता के हो ? छानबिन गरी सरकारले तुरुन्त कारबाही गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण