वरिष्ठ मलयाली अभिनेता सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा
केरला । मलयालम फिल्म उद्योगबाट बाहिर आएका यौन उत्पीडन र शोषणका घटना रोकिने सङ्केत देखिएको छैन। हालै धेरै अभिनेत्रीहरूले मलयालम सिनेमाका वरिष्ठ कलाकारहरूमाथि उत्पीडनको आरोप लगाएका थिए।
यसैबिच अब अभिनेत्री रेवती सम्पथले वरिष्ठ मलयाली अभिनेता सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छिन् । प्रहरीले गैर जमानती कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । मंगलबार अभिनेत्री सम्पथले अभिनेता सिद्दिकीविरुद्ध त्रिभान्दर सङ्ग्रहालय प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।
मलयालम फिल्म उद्योगमा हुने यौन दुर्व्यवहारका घटनाहरूको छानबिन गर्न गठन गरिएको एसआईटी (विशेष अनुसन्धान टोली)ले यो मुद्दाको अनुसन्धान गर्नेछ। अभिनेत्री रेवती सम्पथले आफ्नो उजुरीमा ८ वर्षअघि २०१६ मा सिद्दिकीले फिल्मको बारेमा कुरा गर्न मस्कट होटलमा बोलाएर यौन उत्पीडन गरेको बताएकी छन् ।
लिखित उजुरी गर्नुअघि रेवती सम्पथले सिद्दिकीमाथि शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन् । आरोपपछि सिद्दिकीले प्रहरीसमक्ष उजुरी दिएका थिए र आफ्नो छविलाई ध्वस्त पार्न आफूमाथि गम्भीर आरोप लगाइएको बताएका थिए ।
उनले सन् २०१६ मा रेवती सम्पथलाई आमाबुवाको उपस्थितिमा भेटेको उजुरीमा उल्लेख गरेका थिए । वरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकारहरूको संघको महासचिव थिए।
सन् २०१९ मा मलयालम सिनेमामा महिला कलाकारहरूको लागि हेमा समिति गठन गरिएको थियो। अगस्ट १९ मा हेमा समितिले केरला सरकारलाई २३३ पृष्ठको प्रतिवेदन बुझाएको थियो, जसमा धेरै ठुला कलाकारहरूबाट उत्पीडन भएको उल्लेख छ।
रिपोर्ट आए लगत्तै वरिष्ठ अभिनेता सिद्दिकीले पत्रकार सम्मेलन गरी रिपोर्टमा गरिएको दाबीलाई अस्वीकार गरेका छन् । तर, त्यसलगत्तै अभिनेत्री रेवती सम्पथले उनीमाथि यौन उत्पीडनको आरोप लगाएपछि उनले संघको महासचिव पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण