अवैध नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
बुधबार, १२ भदौ २०८१, १८ : १७
रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले अवैध चार लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरका प्रमुख डिएसपी राजेश कुमार श्रेष्ठको टोलीले अवैध ४ लाख नेपाली रुपैयाँसहित भारतीय ६१ वर्षीय ईसमाईल मियाँलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मियाँमाथि चेकजाँच गर्दा उक्त रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए । बरामद अवैध रुपैयाँसहित भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण