कर्णालीमा कर्मचारी सरुवा विवाद : मुख्यमन्त्री कार्यालयमा उजुरी
सुर्खेत । साउन ३२ गते कर्णाली प्रदेश सरकारका विभिन्न कार्यालयका कर्मचारी सरुवा गरिएको विषय विवादित बनेको छ । सरुवा गर्दा मापदण्ड मिचिएको भन्दै सुरुमै विरोध भएको थियो ।
अहिले उक्त विषयमा उजुरी नै परेको छ । सरुवा बिचौलिया र राजनीतिक आस्थाका आधारमा गरिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामती प्रदेश समितिले सरकारका प्रमुख सचिव चुडामणी पौडेललाई सम्बोधन गरेर मुख्यमन्त्री कार्यालयमा उजुरी दिएका छन् ।
साउन ३२ गते मुख्यमन्त्री कार्यालयले १११ जना कर्मचारीको सरुवा गरेको थियो । कर्मचारी सरुवा गर्दा सामान्यतया: कार्यअवधि दुई वर्षको पुगेको हुनुपर्ने व्यवस्था भएपनि सरुवा गर्दा उक्त मापदण्ड मिचिएको बताइएको छ । कतिपय दुई वर्ष अवधि नपुगेका कर्मचारी सरुवा गरिएको छ भने कतिपय पहुँचका आधारमा ६ वर्षसम्म एउटै कार्यालयमा राखिएको आरोप लगाइएको छ ।
उक्त विषयलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका मन्त्रीहरूले समेत आपत्ति जनाएका छन् । कर्मचारी सङ्गठनहरुले मापदण्ड विपरीत र राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको उजुरीमा दाबी गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘सरुवा निश्चित स्वार्थ समूहलाई फाइदा गराउने गरी, आस्था र विचार नमिल्नेलाई दुख दिन नियतका साथ गरिएको छ ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण