पदाधिकारीमा हारेका विरोध खतिवडाले पाए पोलिटब्युरोमा लोकप्रिय मत
बिहीबार, १३ भदौ २०८१, ०७ : ३९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार पदाधिकारीमा हारेका विरोध खतिवडाले पोलिटब्युरोमा सबैभन्दा बढी मत पाए ।
उनले २०१ मत पाउँदा दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले (१९५) पाए । तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकोमा चौथो स्थानमा पनि पदाधिकारीमै हारेकी रामकुमारी झाँक्रीले ओगटेकी छिन् । उनले पोलिटब्युरोमा १८२ मत पाइन् ।
लोकप्रिय मतका आधारमा पोलिटब्युरोको शीर्ष दशमा क्रमशः रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा विजय पौडेल, केशव लाल श्रेष्ठ, रामकुमार ज्ञवाली र भवानी खापुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण