अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाबारे नीति प्रतिष्ठानसँग छलफल गर्दै मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐन जारी भएको ६ वर्षपछि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामाथि वेबसाइटमार्फत आवश्यक सुझाव माग गरिएको छ ।
मन्त्रालयले उक्त मस्यौदामाथि नीति अनुसन्धान प्रतिष्ठानसँग समेत छलफल गर्ने भएको छ । यही भदौ १९ गते मन्त्रालय र प्रतिष्ठानबिच छलफल हुन लागेको हो ।
उक्त कार्ययोजना मस्यौदममा स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्मको पहुँचको अवस्था यकिन गर्ने, विद्यालय नक्साङ्कन गर्ने, विद्यालयको सेवा क्षेत्र तोक्ने लगायतका मुख्य विषय रहेका छन् ।
त्यस्तै स्थानीय तहले शिक्षा योजना निर्माण गर्ने, साझेदारीको ढाँचा विकास गर्ने, शिक्षा कोषको स्थापना गर्न सक्ने, विशेष अभियान सञ्चालन गर्ने, अनुगमन सूचक तयार गर्ने समुदाय परिचालन र अभिभावक सहयोगलाई व्यवस्थित बनाउने, सबै प्रकारका समितिलाई क्रियाशील बनाउने लगायतका विषयहरू छन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सालमा जारी भएको थियो । ऐन जारी भएको ६ वर्षपछि कार्यान्वयनका लागि कार्ययोजनाको मस्यौदा बनेको हो । ऐनले २०८५ पछि कोही पनि निरक्षर हुँदैनन भन्ने परिकल्पना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण