धम्की र विद्रोहको भाषा नबोल्न प्रचण्डलाई बाँस्कोटाको चेतावनी
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की र विद्रोहको भाषा नबोल्न चेतावनी दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डको बङ्गलादेश बनाउने अभिव्यक्ति र विद्युत् प्राधिकरणको बक्यौता उठाउने विषयबारे प्रसङ्ग निकाल्दै यस्तो भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।
प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्दा नेपाल बङ्गलादेश र श्रीलङ्का हुनसक्ने भन्दै सरकारलाई सतर्क गराएका थिए । उनले सोही विषयलाई लिएर लेखा समितिको सभापति फेर्ने कुरा प्रचण्डले गरेको भन्दै यदि फेर्ने भए सबै समितिका सभापति फेर्न चुनौती दिए ।
उनले माओवादीको च्याँखे दाउ मात्र भएको भन्दै जनताको म्यान्डेट विपरीत नबोल्न ‘फेर्ने भए सबै समितिका सभापति फेरौँ, जनताले दिएको म्यान्डेट केही होइन, अनि सत्ताबाट बाहिर निक्लने वित्तिकै बङ्गलादेश बनाउने ? बङ्गलादेश बनाएको त हामीले उही बेला देखेको हो नि सिंहदरबार कब्जा गर्न आउँदा पनि हेरेर ६ दिन चिउरा खाएर फर्केको थियो’, बास्कोटाको भनाइ छ । उनले एमाले कांग्रेस पनि नमरेको भन्दै आन्दोलनबाटै आएको बताए ।
‘उद्वेलित धेरै हुनुपर्दैन । एक जना सांसदले बोल्यो भने ट्रोल बनाउने ?’ बाँस्कोटाको प्रश्न छ । उनले सबैभन्दा धेरै समय माओवादी नै सरकारमा बसेको तर जस लिने तर अपजस नलिने प्रवृत्ति छोड्न चेतावनी दिए । उनले विद्युतको बक्यौता उठाउन रोक्ने प्रचण्ड नै भएको ठोकुवा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण