सरुवा माग गर्दै १ हजारभन्दा बढी कर्मचारीको निवेदन, अध्ययन गर्दै मन्त्रालय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफूलाई पायक पर्ने कार्यालय तथा निकायमा सरुवाको माग गर्दै एक हजारभन्दा बढी कर्मचारीहरूले निवेदन दिएका छन् । भदौ महिनामा मन्त्रालयले आफू मातहतका विभिन्न कार्यालयमा रहेका कर्मचारीहरूको सरुवा गर्ने प्रक्रिया अनुसार सरुवा चाहने कर्मचारीहरूबाट निवेदन माग गरेको थियो । इमेलबाट प्राप्त निवेदनहरू अध्ययन गर्ने काम भइरहेको मन्त्रालयको संघीय मामिला शाखा प्रमुख उपसचिव कमल भट्टराईले जानकारी दिए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरुवा हुन चाहने कर्मचारीहरूलाई निवेदन दिनका लागि हामीले सूचना आह्वान गरेका थियौँ । हामीले दिएको इमेल ठेगानाहरूमा निवेदनहरू आएको छ । निवेदनको हामीले एउटा ढाँचा पनि तोकेका छौँ । त्यो ढाँचामा प्राथमिकता क्रम १, २ र ३ छ । उहाँहरूले इच्छा गरेको प्राथमिकता क्रम अनुसार मन्त्रालय, निकाय, कार्यालय उल्लेख गर्नुभएको छ । उहाँहरूले चाहेको कार्यालयमा खाली रहे नरहेको बुझ्छौँ र भएसम्म उहाँहरूले चाहेको पहिलो प्राथमिकताका कार्यालयमा पठाउँछौँ र नभएमा दोस्रो वा तेस्रो प्राथमिकता भएका कार्यालयमा पठाउँछौँ ।’
प्राप्त भएका निवेदनहरूको अध्ययन गर्ने काम भइरहेको उनले बताए । स्थानीय र प्रदेश तहमा समायोजन भएका बाहेक संघ अन्तर्गतका कर्मचारीको संघीय मामिला मन्त्रालयले सरुवा गर्ने गर्छ । निजामती सेवा ऐन अनुसार भदौ महिनाभरमा निवेदन प्राप्त भएका कर्मचारीहरूको सरुवा हुने भट्टराईले जानकारी दिए ।

- १०६ शाखा अधिकृतलाई गाउँपालिका पठाउने तयारी
लोकसेवा आयोगबाट यो वर्ष उत्तीर्ण भएर तालिम हासिल गरेका नयाँ अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका गाउँपालिकाहरूमा खटाउने तयारी गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ जना नयाँ शाखा अधिकृतलाई बिहीबारदेखि दरबन्दी रिक्त रहेका स्थानीय तहका कार्यालयहरूमा खटाउने तयारी गरेको मन्त्रालयका उपसचिव भट्टराईले जानकारी दिए ।
उनले भने–‘नयाँ अधिकृतहरूको बिहीबारबाट तालिम सकिएको छ । शुक्रबारदेखि स्टाफ कलेजले मन्त्रालयमा काज फिर्ता गरिदिन्छ । सबै अधिकृतहरूलाई रिक्त ठाउँ देखाएर रोजाएर पठाउने तयारी छ । धेरै स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत खाली रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएर कार्यसम्पादनमा समस्या भएका स्थानीय तहलाई पहिलो प्राथमिकता दिने भन्ने कुरा छ । हामी तुरुन्तै ती कार्यालयहरूमा पदस्थापन गरेर कार्यक्षेत्रमा पठाउँछौँ ।’
यस्तै निजामती सेवामा अनुभवी र पाको अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने मन्त्रालयको तयारी रहेको छ । देशका कूल ७५३ स्थानीय तहमध्ये २५६ स्थानीय तहमा दरबन्दी खाली रहेको छ । दरबन्दी खाली भएका स्थानीय तहमा मन्त्रालयले समयमा कर्मचारी पठाउन नसक्दा कार्यसम्पादनमा समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण