योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्हरुका लागि जीवन विज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।
“म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरूको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ ।’’
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाध्यास गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण