संसदीय सुनुवाइ समिति बैठक
१७ देशका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ : उजुरीकर्तासँग छलफल सुरु
शुक्रबार, १४ भदौ २०८१, १३ : ५०
काठमाडौँ । सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल सुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सुरु भएको हो ।
समितिले उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठलाई बोलाएर उनको उजुरीमाथि छलफल गरेको हो । श्रेष्ठले सरकारले सिफारिस गरेका राजदूतहरू राजनीतिक पार्टी मातहतका व्यक्ति भएको,योग्य,अनुभवी र कूटनैतिक ज्ञान नभएका व्यक्ति भएको आरोप लगाएका छन् ।
उनले राजदूत सिफारिस समानुपातिक समावेशी नभएको र राजदूत सिफारिसमा खस आर्य मात्र बढी भएकोले फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
भारतका लागि शंकर शर्मालाई राजदूतमा निरन्तरता दिन नहुने र इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित अयोग्य रहेको लगायतका आरोप समेत उनले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण