सरकारको भ्याकेट निवेदनमाथि सुनुवाइ हुँदा प्रहरीतर्फका कानुन व्यवसायीद्वारा बहस बहिष्कार
काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशविरुद्धको भ्याकेट निवेदनको सुनुवाइमा विपक्षी तर्फका कानुन व्यवसायीले बहिष्कार गरेका छन् । समय नपुगेको कारण देखाएर एसएसपी जीवन श्रेष्ठ समेतका कानुन व्यवसायीले बहस बहिष्कार गरेका हुन् ।
गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनमा न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले बहस गरिरहेका छन् । तर, सुरु रिट निवेदक प्रहरी अधिकृतहरूका कानुन व्यवसायीले समय अपुग भएको कारण देखाएर बहस नगर्ने भन्दै इजलासमा निवेदन दिएका छन् ।
भदौ १३ मा न्यायाधीश द्वय डा. नहकुल सुवेदी र विनोद शर्माले यसअघिको अन्तरिम आदेशबारे निर्णय लिन दुवै पक्षलाई छलफलका लागी शुक्रवार बोलाउन आदेश गरेका थिए । भदौ ६ मा न्यायाधीश हरि फुयाँलले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।
न्यायाधीश फुयाँलको आदेशविरुद्ध सरकारका तर्फबाट गृह सचिवले भ्याकेट दर्ता गराएका थिए । सरकारले अन्तरिम आदेश रद्द गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण