पाकिस्तान–बङ्गलादेश दोस्रो टेस्ट : पहिलो दिनको खेल सुरु नै नभई स्थगित
काठमाडौँ । घरेलु टोली पाकिस्तान र बङ्गलादेशबिच शुक्रबार सुरु हुने भनिएको दोस्रो टेस्ट क्रिकेट वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण पहिलो दिनको खेल सुरु नै हुन सकेन ।
रावलपिण्डीमा चार दिनदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण आउट फिल्ड खेल्नका लागि योग्य नभएकाले पहिलो दिनको खेल स्थगित गरिएको समाचारमा जनाइएको छ ।
दुई टेस्टको शृङ्खलामा भ्रमणकारी टोली बङ्गलादेश १–० ले अगाडि छ । पहिलो टेस्टमा बङ्गलादेशले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । बङ्गलादेशसँग पराजित भएपछि पाकिस्तानी क्रिकेटको व्यापक आलोचना पनि हुँदै आएको छ ।
बङ्गलादेशी टोली दोस्रो टेस्ट पनि जित्दै शृङ्खला आफ्नो पक्षमा पार्ने धुनमा देखिएको छ । अर्कोतिर, पहिलो हारबाट आत्तिएको पाकिस्तान शृङ्खला बराबरीमा टुङ्ग्याउने योजनामा छ ।
पाकिस्तानी टोलीले दोस्रो टेस्टमा आफ्ना प्रभावशाली बलर साहिन शाह अफ्रिदीलाई खेलाउने छैन । पाकिस्तानका प्रमुख प्रशिक्षक जेसन गिलेस्पीले यसअघि नै यस्तो घोषणा गरिसकेका छन् ।
दोस्रो टेस्टका लागि घोषित १२ सदस्यीय पाकिस्तानी टोलीमा लेग–स्पिनर अबरार अहमद र तीव्र गतिका बलर मिर हमजालाई भने स्थान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण