कङ्गनाको अर्को बयान पनि विवादमा
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) की लोकसभा सांसद कंगना रनौतको अर्को बयान पनि विवादित बनेको छ । अभिनेत्री समेत रहेकी उनको बयानलाई लिएर कांग्रेसले भाजपालाई निशाना बनाएको छ ।
कंगनाले हालै आफ्नो एक अन्तरवार्तामा मानिसहरू जातको बारेमा धेरै सोच्दैनन् भन्दै जातिको जनगणना गर्नु हुँदैन भनेकी थिइन् । उनी लोकसभामा हिमाचल प्रदेशको मन्डीबाट प्रतिनिधित्व गर्छिन् ।
‘हिमाचल प्रदेशको मन्डीबाट लोकसभा सांसद उच्च जातिबाट आएकी हुन्, पिछडिएका समुदायका मानिसहरूले भोग्ने अवस्थाबारे उनलाई कुनै जानकारी छैन’ कांग्रेस पार्टीकी प्रवक्ता सुप्रिया श्रीनेतले भनेकी छिन् ।
‘आज फेरि बीजेपी सांसद कंगनाले भनिन् कि जातीय जनगणना बिल्कुलै गर्नु हुँदैन’ श्रीनेतले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेकी छन् । उनले जनगणना गर्नै किन पर्यो ? जातिको पहिचान किन खोज्नुपर्यो ? मेरो वरिपरि जातजाति जस्ता केही पनि छैनन् भन्ने टिप्पणी पोस्टमा गरिएको छ ।
‘म्याडम, तपाईं त उच्च जातिको धनी, स्टार, सांसद हुनुहुन्छ । तपाईंलाई दलित, पिछडिएको आदिवासी वा गरिब सामान्य जातिको अवस्था कसरी थाहा हुन्छ ?’ अभिनेत्रीमाथि कटाक्ष गर्दै कांग्रेस प्रवक्ताले लेखेकी छिन् ।
यसपछि उनले कंगनाले दिएको अन्तरवार्ताको त्यो अंशको भिडियो क्लिप पनि पोस्ट गरेकी छिन् । मोदीलाई आफ्नो मौनता तोड्न र आफूहरूलाई नभएपछि जेडीयू अनि लोजपाका चिराग पासवानलाई आफ्नो धारणा बताउन भनेकी छिन् ।
कङ्गनाको हालैको अर्को बयानलाई लिएर हङ्गामा मच्चिएको थियो । यसमा उनले किसान आन्दोलनबारे विवादास्पद टिप्पणी गरेकी थिइन् । त्यसलगत्तै भाजपाले उनको भनाइबाट टाढिँदै चुप बस्न सल्लाह दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण