यादव पक्षको भ्रममा नपर्न बाबुराम पक्षको आग्रह
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)को डा. बाबुराम भट्टराई पक्षले पार्टीका नेता महिन्द्रराय यादव पक्षले फैलाएको भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रबार भट्टराई पक्षका प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ लगायतका नेताले फैलाएको भ्रममा नपर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको उच्च–विचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ लगायतका केही अनुशासनहीन व्यक्तिहरूले अझै पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रवक्ता शर्माले यादव पक्षले पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाल हाम्रो पार्टीको साधारण सदस्य समेत नरहेका र निर्वाचन आयोगको विधिगत अभिलेखीकरणमा नामै नरहेका व्यक्तिहरूले पार्टीको काँधमा चढेर सत्ता र शक्तिको उपभोग गर्दै पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेका थिए र छन् ।’
अराजनीतिक एवं पथभ्रष्ट पात्र र प्रवृत्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टी बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण