विषादी खुवाएर दुई बच्चाको हत्या !
विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो ।
धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई छोरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् । उनीहरूलाई विषादी खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।
‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच बिहान भनाभन भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिए ।’ अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ ।
नारायण न्यौपानेको केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण