दुई नाबालिकालाई विषादी खुवाएर आमा बेपत्ता भएको आशङ्का
विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् । उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको हो ।
मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । दुई बालिकाको शव भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।
कार्कीका अनुसार अर्जुन र अस्मिताबिच हिजो साँझ ६ बजेतिर झगडा भएको थियो । सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे । श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालयतिर लागेको स्थानीय जानकारी दिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।
तर, दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो । उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै भेटिएकी छैनन् । आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच हिजो बेलुका भनाभन भएको रहेछ,’ एसपी नवराज कार्कीले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिए ।’ बालिकाको शव भेटिएको स्थान नारायण न्यौपानेको केरा बगान हो ।
केरा बगानमा दुईवटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए । एसपी कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको विषयमा छानबिन भइरहेको उनले जनाएको छ ।
‘अस्मितालाई नभेटेसम्म घटनाको वास्तविकता नआउने भएकोले उनको खोजी भइरहेको छ । बालबालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण