सहकारी ठगी छानबिन समिति बैठक
सहकारी ठगी छानबिन संसदीय विशेष समितिमा महिला सहकारी सञ्चालकसँग छलफल
आइतबार, १६ भदौ २०८१, ११ : ३२

काठमाडौँ । सहकारी ठगी छानबिन संसदीय विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबार बिहान सुरु बैठकमा महिला सहकारी सञ्चालकसँग छलफल भइरहेको समितिले जनाएको छ ।
यसअघि बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको थियो ।
प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्न जुटेको समितिले यहीबीचमा महिला सहकारी सञ्चालकसँग पनि छलफल गरेको हो। समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण