करेन्ट लागेर २ जनाको मृत्यु
आइतबार, १६ भदौ २०८१, १२ : ३२
काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरी र बारामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर डेरा गरी बस्ने पर्साको वीरगंज महानगरपालिका–३१ केहुनिया घर भएका १८ वर्षीय राजन पटेलको करेन्ट लागेर शनिबार राती मृत्यु भएको छ ।
सोही ठाउँस्थित विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण