गण्डकी प्रदेश
गण्डकीमा अब ९ मन्त्रालय, २ वटा मन्त्रालय फुटाइयो
आइतबार, १६ भदौ २०८१, १७ : ४३
पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो ।
हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । मन्त्रालय थपे पनि संगठन संरचना थप गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
‘मन्त्रालय मात्रै थपिएको हो । संगठन संरचनामा कुनै असर पर्दैन । अहिले पनि मन्त्रालय ९ वटै छन्, सचिवहरु ९ जना छन्,’ उनले भने, ‘अब मात्र मन्त्री थपिने हो । उहाँका २–३ जना सहयोगी थप होलान् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण