एसिड पीडित सांसद कंशाकारलाई क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौँ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रहेकी एसिड पीडित बिन्दबासिनी कंशाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
कंशाकारको उपचारमा खर्च भएको रकमध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए । उनको मुद्दा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको छ भने उच्च अदालतमा विचाराधीन छ ।
को हुन् बिन्दबासिनी कंशाकार ?
हेटौँडाकी बिन्दबासिनी सांसद हुनु अघि कुमारी बैंकमा कार्यरत थिइन् । २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन् । भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए ।
समानुपातिकतर्फ जनजाति महिलाको सूचीमा रहेकी उनी तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेपछि अटाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण