महामन्त्री शर्माले भने– सभापतिज्यू अब प्रधानमन्त्री बन्नु हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा उनले अरूलाई प्रधानमन्त्री पद छाड्न अनुरोध गरेको एक केन्द्रीय नेताले जानकारी दिए ।
‘शेखर कोइराला‚ शशांक कोइराला‚ विमलेन्द्र निधी‚ प्रकाशमान सिंह‚ पूर्णबहादुर खड्का‚ अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाउनुहोस् तर तपाईँ छैटौँ पटक प्रधानमन्त्री बन्न नलाग्नुहोस् भनेर उहाँले बैठकमा भन्नुभयो‚’ ती सदस्यले भने ।
शर्माले बैठकमा अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने तथा समकालीन नेतालाई न्याय र कदर हुने बताएको ती नेताले जानकारी दिए ।
‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरू प्रतिनिधि सभामा हुनुहुन्छ, जो अनुभवी र दक्ष पनि हुनुहुन्छ । उहाँहरूमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने– एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तिन, तब २०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौँ‚’ उनले बैठकमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण