केन्द्रीय समिति बैठक
शर्मालाई देउवाको जवाफ– कसैले छोड् भन्दैमा प्रधानमन्त्री छोड्नुपर्छ भन्ने छैन, म छोड्दिन
आइतबार, १६ भदौ २०८१, १९ : १०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई कसैले छोड् भन्दैमा आफूले प्रधानमन्त्री पद नछाड्ने जवाफ दिएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले सो कुरा बताएका हुन् ।
यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले ‘अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न, त्याग गर्नुपर्छ’ भनेका थिए ।
देउवाले त्यसको जवाफ दिएका हुन् । ‘तपाईँले छोड् भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिन‚’ देउवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण