यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका ११ निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ११ निर्णय गरेको छ । आइतबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ११ निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत “नीति–प्रस्ताव”, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत “सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “समसामयिक राजनैतिक प्रस्ताव” परिमार्जितसहित सर्वसम्मत पारित गरिएको छ ।
यस्तै कांग्रेस र नेकपा (एमाले) बिच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका बारेमा फैलाएका भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट सचेत रहन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ ।
यस्तै कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यवहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्ने कांग्रेसले निर्णय गरेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण