नवीकरण
५ वर्षका लागि नवीकरण भयो एनसेल
आइतबार, १६ भदौ २०८१, २२ : ३९

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल नवीकरण भएको छ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट आइतबारको मितिमा ५ वर्षका लागि नवीकरण भएको पत्र पाएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो किस्ताको ५ अर्ब तिरेर एनसेल नवीकरण भएको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार एनसेलले बाँकी ३ किस्ता बापतको १५ अर्ब प्रत्येक वर्ष ५–५ अर्बको दरले तिर्नेछ । जसमा प्रत्येक वर्ष बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर पनि लाग्नेछ । यस्तै एनसेलले चाहेमा किस्ता रकम अगाडिनै पनि तिर्न सक्नेछ ।
एनसेलले नवीकरणका लागि गत जेठमा नै नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो । तर भदौ १३ गते मात्रै मन्त्रिपरिषद्ले चार किस्तामा बक्यौता बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो ।
एनसेलको जिएसएम लाइसेन्सको २० वर्षे म्याद शनिबार सकिएको थियो ।