नवीकरण
५ वर्षका लागि नवीकरण भयो एनसेल
आइतबार, १६ भदौ २०८१, २२ : ३९
काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल नवीकरण भएको छ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट आइतबारको मितिमा ५ वर्षका लागि नवीकरण भएको पत्र पाएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो किस्ताको ५ अर्ब तिरेर एनसेल नवीकरण भएको बताइएको छ । प्राधिकरण स्रोतका अनुसार एनसेलले बाँकी ३ किस्ता बापतको १५ अर्ब प्रत्येक वर्ष ५–५ अर्बको दरले तिर्नेछ । जसमा प्रत्येक वर्ष बाँकी रकममा १० प्रतिशत ब्याज दस्तुर पनि लाग्नेछ । यस्तै एनसेलले चाहेमा किस्ता रकम अगाडिनै पनि तिर्न सक्नेछ ।
एनसेलले नवीकरणका लागि गत जेठमा नै नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो । तर भदौ १३ गते मात्रै मन्त्रिपरिषद्ले चार किस्तामा बक्यौता बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो ।
एनसेलको जिएसएम लाइसेन्सको २० वर्षे म्याद शनिबार सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण