युक्रेनको खार्किभमा रुसी हमला, कम्तीमा ४१ जना घाइते

किएभ । युक्रेनको सहर खार्किभमा रुसले गरेको हवाई हमलामा कम्तीमा ४१ जना घाइते भएका छन् । प्रान्तीय प्रमुख ओल्हे साइनेहुबोभका अनुसार घाइते हुनेमा पाँच जना बालबालिका पनि रहेका छन् ।
रुसले सर्वसाधारणको पूर्वाधारलाई लक्ष्य बनाएको उनको आरोप छ । रुसी आक्रमणमा सुपरमार्केटदेखि खेलकुद कम्प्लेक्समा समेत क्षति पुगेको उनले जानकारी दिए ।
साइनेहुबोभका अनुसार रुसले कम्तीमा १० वटा हवाई आक्रमण गरेको छ । यसमा बलिस्टिक क्षेप्यास्त्र समेत रहेका छन् । उनले भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा खोज र उद्धार कार्य जारी रहेको जनाएका छन् ।
यता, राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले सर्वसाधारणको पूर्वाधारमा आक्रमण गरेर खार्किभलाई आतङ्कित बनाइरहेको जिकिर गरेका छन् ।
युक्रेनले रुसमा ड्रोन हमला गरेपछि रुसले यो आक्रमण गरेको हो । ड्रोन हमलामा दुईवटा ऊर्जा पूर्वाधारमा आगलागी भएको थियो । तर, घटनामा कोही पनि हताहत वा घाइते नभएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले १ सय ५८ वटा ड्रोनले राजधानी मस्कोसहित १५ क्षेत्रलाई निशाना बनाएको थियो । अधिकांश ड्रोनलाई नष्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला