युक्रेनको खार्किभमा रुसी हमला, कम्तीमा ४१ जना घाइते
किएभ । युक्रेनको सहर खार्किभमा रुसले गरेको हवाई हमलामा कम्तीमा ४१ जना घाइते भएका छन् । प्रान्तीय प्रमुख ओल्हे साइनेहुबोभका अनुसार घाइते हुनेमा पाँच जना बालबालिका पनि रहेका छन् ।
रुसले सर्वसाधारणको पूर्वाधारलाई लक्ष्य बनाएको उनको आरोप छ । रुसी आक्रमणमा सुपरमार्केटदेखि खेलकुद कम्प्लेक्समा समेत क्षति पुगेको उनले जानकारी दिए ।
साइनेहुबोभका अनुसार रुसले कम्तीमा १० वटा हवाई आक्रमण गरेको छ । यसमा बलिस्टिक क्षेप्यास्त्र समेत रहेका छन् । उनले भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा खोज र उद्धार कार्य जारी रहेको जनाएका छन् ।
यता, राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले सर्वसाधारणको पूर्वाधारमा आक्रमण गरेर खार्किभलाई आतङ्कित बनाइरहेको जिकिर गरेका छन् ।
युक्रेनले रुसमा ड्रोन हमला गरेपछि रुसले यो आक्रमण गरेको हो । ड्रोन हमलामा दुईवटा ऊर्जा पूर्वाधारमा आगलागी भएको थियो । तर, घटनामा कोही पनि हताहत वा घाइते नभएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले १ सय ५८ वटा ड्रोनले राजधानी मस्कोसहित १५ क्षेत्रलाई निशाना बनाएको थियो । अधिकांश ड्रोनलाई नष्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण