गण्डकीमा केसीलाई भौतिक मन्त्री बनाइएसँगै एमालेमा असन्तुष्टि
पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारीका निकट रहेका प्रकाश केसी गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । अधिक सांसद र नेताहरुको असहमतिका बाबजुत अधिकारीले केसीलाई मन्त्री बनाएका हुन् । उनलाई मन्त्री बनाउन केन्द्रीय महासचिव शंकर पोखरेलको समेत साथ छ ।
केसी मन्त्री बनेपछि संसदीय दलभित्रै मतभेद बढेको छ । झन् सबैभन्दा धेरै बजेट चलाउने भौतिक पूर्वाधार विकास मन्त्रालयको तालाचावी अधिकारीले प्रकाशलाई सुम्पिएका छन् । यसले दलभित्रको मतभेद अझै चर्काउने निश्चित रहेको नेताहरु बताउँछन् ।
‘मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रिजल्ट निकाल्न सक्ने सांसदहरु हुनुहुन्छ,’ एमालेका एक नेताले भने, ‘भौतिकको जिम्मेवारी उहाँलाई दिनु त झनै अस्वभाविक हो ।’ केसी राप्रपा पृष्ठभूमिबाट एमालेको राजनीतिमा आएका हुन् ।
‘हामीले दलका नेताले राम्रो गर्नुहोला भनेर जिम्मेवारी दिएका हौँ । यो अवस्था बन्ला भन्ने सोचेनौँ । पार्टीमा योगदान दिएका साथीहरुलाई मन्त्री बनाउनुहोला भन्ने लागेको थियो,’ एक सांसदले भने, ‘तर त्यस्तो भएन । मन्त्री छनोटको मापदण्ड आगामी संसदीय दलको बैठकमा माग्छौं । दलका नेताले जवाफ दिनुपर्छ ।’
केसीलाई समानुपातिक सांसद बनाउन पनि उनै अधिकारीले जोडबल गरेका थिए । २०५४ सालमा पोखरा उपमहानगरपालिका १२ को वडाध्यक्ष भएर काम गरेका केसी २०७१ मा खाद्य संस्थानको अध्यक्ष भएका थिए । उनी २०७४ सालमा मात्रै एमाले प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण