कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले विभिन्न कार्यक्रम गर्ने
सोमबार, १७ भदौ २०८१, १५ : २०
काठमाडौँ । नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले विभिन्न कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार विभागका प्रमुख डा. डिला सङ्ग्रौलाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले बीपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा यही भाद्र २५ गते “बिपीको समाजवाद र बुद्धिजीवीको भूमिका” सन्दर्भमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । त्यस्तै, असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
विभागले वार्षिक रूपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्यतालिका तयार गर्ने प्रमुख सङ्ग्रौलाले जानकारी दिइन् । त्यस्तै, बैठकले विभागमा मनोनयन गरी कार्यसम्पादन गर्ने जिम्मेवारी दिएकोमा सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण