कांग्रेसका दुई विभागमा देउवाले गरे सदस्य मनोनयन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।
वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी मोरङ,गणेश यादव धनुषा,धरम ब्लोन (लामा) काठमाडौँ, विष्णुप्रसाद घोरासैनी सिन्धुपाल्चोक, सुरेन्द्रनाथ शर्मा कास्की,चिरञ्जीवी नेपाल पाल्पा, ध्रुव पुन रुकुम पूर्व, डिलमान चन्द सल्यान, दिनेश जोशी कैलाली र लक्ष्मी शाह, अछाम मनोनीत भएका छन् ।
त्यसै गरी पूर्व आप्रवासी समन्वय विभागमा रामेश्वर शाह सिरहा, यदुनाथ पाण्डे रुपन्देही,सुभाष लोहनी मोरङ,विज्ञान प्रसाईँ झापा, रामबहादुर कोङलिवा लिम्बू ताप्लेजुङ, नवीन पोखरेल झापा, कृष्णप्रसाद लम्साल पर्वत, पूर्ण कोइराला दैलेख, उमा कार्की काठमाडौँ र बालकुमारी सुनार कैलालीलाई सभापति देउवाले सदस्यमा मनोनीत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण