इजरायल र हमासबिचको युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित
काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफूले इजरायल र हमासबिचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताए । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्
पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताए । उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने,‘मेरो कलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर संयुक्त रूपमा काम गर्न सक्यौँ भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ । इजरायलीहरूले नेपालीहरूको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठुलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण