मनाङे भन्छन्– वनमन्त्री चाहिँदैन, राजीनामा दिएँ
काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि असन्तुष्ट बनेका गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएको बताएका छन् । सोमबार कांग्रेस एमालेको सहमतिअनुसार मनाङेलाई भौतिकबाट मन्त्रालय सारिएको थियो ।
त्यसपछि उनले राजीनामा दिएको बताएका हुन् । तर मुख्यमन्त्रीसमक्ष उनको राजीनामा नपुगेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ ।’
साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’, मनाङेको भनाइ छ ।
उनले अहिले दलहरूले वन मन्त्रालय छ भनेर बेवकुफ बनाएको भन्दै जुन दिन प्रदेशले वन मन्त्रालय हेर्न पाउँछ सोही दिन मन्त्री हुने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण