स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीले तोक्यो कमाण्डर
_WD8nE9GL6F.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विभिन्न कारणले रिक्त रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूको पदपूर्तिका लागि मङ्सिरको तेस्रो हप्तामा उपनिर्वाचन हुने अवस्था रहेको भन्दै त्यसका लागि आन्तरिक तयारी थालेको छ ।
एकीकृत समाजवादीले आन्तरिक परिपत्र नै जारी गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशका कमाण्डर तोकेको छ । जसअनुसार पार्टीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपाध्यक्षहरू, उपमहासचिवहरू, सचिवहरु, कानुन व्यवसायी तथा पोलिटब्युरो सदस्य समेत सम्मिलित उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
उक्त कमिटीको आइतबार बसेको प्रथम बैठकले पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको महासचिव घनश्याम भुसालले पठाएको परिपत्रमा उल्लेख छ । उनका अनुसार कोशी प्रदेश कमाण्डरमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेश प्रदेश कमाण्डरमा उपाध्यक्ष धर्मनाथ शाह, बागमती प्रदेश कमाण्डरमा उपाध्यक्ष डा।गंगालाल तुलाधर, गण्डकी प्रदेश कमाण्डरमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेश कमाण्डरमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेश कमाण्डरमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश कमाण्डरमा उपाध्यक्ष भानुभक्त जोशीलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’
-
धवल शमशेर अदालतमा उपस्थित
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?