रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि, ४ महिनायता मासिक ५०० अर्बभन्दा बढी कारोबार
काठमाडौँ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीचले २०८१ असार मसान्तसम्म ६७३ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ ।
गत वर्षको तुलनामा यस्तो कारोबार ३८ प्रतिशतले बृद्धि हुँदा कारोबार संख्याको आधारमा पनि ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकाअनुसार गत ४ महिनायता रिटेल पेमेन्ट स्वीचमा मासिक रु. ५०० अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ ।
जसअनुसार जेष्ठ महिनामा रु. ५७७ अर्ब, बैशाख महिनामा रु. ५२७ अर्ब र चैत्र महिनामा रु. ५१७ अर्ब गरी गत आव मा भुक्तानी कारोबारहरु भएको थियो । यस्तै आव २०८०/८१ मा रिटेल पेमेन्ट स्वीचमार्फत कुल नेरु ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार रिटेल पेमेन्ट स्वीचबाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढिरहेको देखिन्छ । २०७८ पौषदेखि एक छुट्टै च्यानलको रुपमा नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीच सञ्चालनमा आएको थियो ।
सन् २०१७ मा फास्टर पेमेन्ट सिस्टमको रुपमा कार्यान्वयनमा ल्याइएको कनेक्टआइपिएसले मोबाइल एप, वेब तथा गेटवेका च्यानल मार्फत रियल टाइम भुक्तानीको सेवाको थालनी गरेको थियो भने सन् २०२१ डिसम्बर महिनामा नेशनल पेमेन्ट स्वीच अन्तर्गत नन्–कार्ड भुक्तानीहरु फछ्र्यौटका निम्ती यसलाई रिटेल पेमेन्ट भनी एक छुट्टै सिस्टमका रुपमा सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण