टानका निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने– अप्राकृतिक गठबन्धनलाई दरो जवाफ दियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको बताएका छन् ।
समाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।'
आज बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । उनी माओवादी केन्द्र निकट हुन् । पाण्डेले ५८० मत पाउँदा अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटा सापकोटाले ४८० मत प्राप्त गरे ।
यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण