लाल सागरमा तेल बोकेका दुई ट्याङ्कमाथि मिसाइल हमला
रियाद । यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् । सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू लगून प्रथममाथि सो आक्रमण भएको हो । हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ ।
आक्रमणको समयमा दुबै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ । आक्रमणमा परेको भएता पनि ट्याङ्करहरूमा ठूलो क्षति वा हताहत नभएको र गन्तव्यतर्फ अगाडि बढेको बताइएको छ । ब्लू लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भएपनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन । आक्रमणको समयमा दुबै ट्याङ्करमा कच्चा तेल थिए ।
साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो । पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ । यी ट्याङ्करमाथि यमनको उत्तरपश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो । लाल सागरमा हुथी आक्रमण बढेको छ । नोभेम्बर यता ७० भन्दा धेरै पटक आक्रमण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण