पूर्वआईजीपीहरुले भने– सञ्चारमन्त्री गुरुङले आईजीपीसँग माफी माग्नुपर्छ
काठमाडौँ । नेपाल प्रहरीका पूर्वआईजीपीहरुको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले माफी माग्नुपर्ने बताएका छन् ।
सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापको कार्य गरेको निष्कर्ष निकाल्दै मञ्चले यस्तो धारणा बाहिर ल्याएको हो । मञ्चले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त बचन फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’
पूर्वआईजीपी मञ्चले प्रधानमन्त्रीसँग त्यसबारे आवश्यक कदम चाल्न अनुरोध पनि गरेको छ । त्यस्तै मञ्चले सङ्गठन प्रमुख र सुरक्षाकर्मीहरूलाई अविचलित रहन आग्रह गरेको पूर्वआईजीपी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए ।
भदौ १५ मा सञ्चार मन्त्रीले पोखरामा आईजीपीविरुद्ध अशोभनीय अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण