काभ्रेमा लघुवित्तको कार्यालय तोडफोड गरेको आरोपमा १२ जना पक्राउ
काठमाडौँ । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित विन नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । भदौ ११ मा लघुवित्तको कार्यालयमा फिल्ड कर्मचारी विनीता खरेललाई नियन्त्रणमा लिएर आरोपीहरूले तोडफोड गरेका हुन् ।
उनीहरूले दुई लाख मूल्य बराबरको सामान तोडफोड गरेर लघुवित्तको कागजात बा १८ च १०५१ नम्बरको बोलेरोमा लगेको आरोप लगाएर लघुवित्तका शाखा प्रबन्धक ३७ वर्षीय विकाश रत्न श्रेष्ठले जाहेरी दिएका थिए । शाखा प्रबन्धकको जाहेरीको आधारमा १२ जनालाई पक्राउ गरेर मुलुकी अपराधसंहिता–२०७४ अनुसार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा खानीखोला गाउँपालिका–१ घर भएका भक्त बहादुर ब्लोन, चौरीदेउराली घर भएकी कमला माझी, भुम्लु गाउँपालिका–१० बस्ने ५९ वर्षीया कान्छीमाया तामाङ, सिन्धुपाल्चोक घर भएकी ४० वर्षीया सरु दाहाल, रुपा पोखरेल र हिरा शाही छन् ।
त्यस्तै, ६० वर्षीया इन्दु कुमारी खरेल, प्रिया खत्री, २८ वर्षीया रमा चौलागाईं, निल कुमारी लुइँटेल, गोमा खत्री र गंगादेवी चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण