‘सरकारप्रति जनताको विश्वास सिर्जना गर्ने गरी काम गरौँ’
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले समाजमा न्याय प्रणाली स्थापित हुने गरि काम अगाडि बढाउनु पर्ने बताएका छन् । मंगलबार अर्थ समितिमा भएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले सबैको उद्देश्य पीडितले न्याय पाउनु पर्छ भन्ने रहेको हुनाले त्यो दिशामा, हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने अन्य विषयवस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘हामी कसरी जाँदै छौ र समाजमा कसरी घटना घटिरहेको छ । ती घटनाहरूलाई एउटा निष्कर्षमा र न्याय प्रणाली पनि स्थापित गरेर अगाडि बढाउने गरि जानु पर्छ । यसमा मन्त्रालयको भनाई भनेको सरकारप्रति जनताले गर्ने विश्वास सिर्जना गर्नको लागि कसरी सकिन्छ यसमा पनि सबैले छलफल गर्न आवश्यक हुन्छ । विश्वसनीयताको नै कमी भयो, विश्वास जगाउन सरकारको क्षमता, न्याय प्रणालीले न्याय दिने तरिका सबै कुरालाई विचार गर्नुपर्छ । पीडितले न्याय पाउनु पर्छ भन्ने नै उद्देश्य रहेको हुनाले त्यो दिशामा, हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने विषयवस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्छ भन्ने कुरा छ ।’
समाजमा घटनाहरू बढ्दै गएको भन्दै यसलाई निष्कर्षमा पुर्याएर जनतालाई न्याय दिने गरी प्रक्रियाहरू अगाडि बढाउनु पर्ने उनको भनाई छ । यस्तै, बैङ्किङ कसुर तथा सजाय ऐनमा चेन अनादरको विषयलाई बढी प्राथमिकता दिइएको कुरामा उनले बैङ्किङ तथा वित्तीय प्रणालीमा आएको समस्याहरू समाधान गर्न र यसलाई सुधार गर्नको लागि बैङ्किङ कसुर तथा सजाय ऐन आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण