एमबीबीएस र जनस्वास्थ्यको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले त्रुटि गर्यो : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले एमबीबीएस र जनस्वास्थ्यको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले त्रुटि गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एमबीबीएसको नतिजा प्रकाशनमा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम मेरिटका आधारमा हुनु पर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित गरिएकोले करिब ३ हजार विद्यार्थीको नतिजा प्रभावित हुने बताए ।
‘त्यसैगरी जनस्वास्थ्य विषयको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्त अंकमा अर्कै विद्यार्थीको नाम प्रकाशित हुनु चिकित्सा शिक्षा आयोगको गम्भीर त्रुटि, लापरबाहीलाई उन्मुक्ति दिन मिल्छ ? ‚’ बैठकमा बोल्दै उनले भने ।
सांसद पौडेलले एमबीबीएस र जनस्वास्थ्य परीक्षाको नतिजा प्रकाशनको विश्वसनीयता र पारदर्शितामा समेत गम्भीर प्रश्न खडा गरेको बताए । उनले यस्ता त्रुटि र लापरबाही नदोहर्याउन, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?