एमबीबीएस र जनस्वास्थ्यको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले त्रुटि गर्यो : सांसद पौडेल
काठमाडौँ । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले एमबीबीएस र जनस्वास्थ्यको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले त्रुटि गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एमबीबीएसको नतिजा प्रकाशनमा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम मेरिटका आधारमा हुनु पर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित गरिएकोले करिब ३ हजार विद्यार्थीको नतिजा प्रभावित हुने बताए ।
‘त्यसैगरी जनस्वास्थ्य विषयको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्त अंकमा अर्कै विद्यार्थीको नाम प्रकाशित हुनु चिकित्सा शिक्षा आयोगको गम्भीर त्रुटि, लापरबाहीलाई उन्मुक्ति दिन मिल्छ ? ‚’ बैठकमा बोल्दै उनले भने ।
सांसद पौडेलले एमबीबीएस र जनस्वास्थ्य परीक्षाको नतिजा प्रकाशनको विश्वसनीयता र पारदर्शितामा समेत गम्भीर प्रश्न खडा गरेको बताए । उनले यस्ता त्रुटि र लापरबाही नदोहर्याउन, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण