पश्चिम बंगालमा बलात्कारविरोधी विधेयक : पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइने
कोलकाता । पश्चिम बंगालको विधानसभामा मंगलबार बलात्कारविरोधी विधेयक पारित भएको छ । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान ३६ दिनभित्र सक्नुपर्नेछ ।
यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइनेछ । विधेयकलाई थप गभर्नरसमक्ष पठाइनेछ । उनको हस्ताक्षरपछि कानुन बन्नेछ ।
ममता सरकारले बलात्कार विरोधी विधेयकलाई ‘अपराजिता’ महिला तथा बालबालिका विधेयक (पश्चिम बंगाल फौजदारी कानुन र संशोधन) विधेयक २०२४ नाम दिएको छ। यसको उद्देश्य पश्चिम बंगाल फौजदारी कानुन र संशोधन विधेयकमा परिवर्तन गरेर बलात्कार र यौन शोषणका घटनाहरूमा महिला र बालबालिकाको सुरक्षा बढाउनु हो।
प्रदेश सरकारले विधेयक पारित गर्न सेप्टेम्बर २ गतेदेखि दुई दिनका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाएको थियो । कानुनमन्त्री मलय घटकले संसद्मा पेस गरेका थिए ।
कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो। यसपछि देशभरका चिकित्सक र राजनीतिक दलको विरोधपछि ममता बनर्जीले राज्यमा बलात्कार जस्ता अपराधका लागि कडा कानुन बनाउने बताएकी थिइन् । यसका लागि उनले प्रधानमन्त्रीलाई दुई पटक पत्र समेत लेखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण