बालेनको निर्णयको उपमेयर सुनिताद्वारा विरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् ।
मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन् ।
यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन् । उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन् ।
प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ? यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन । यो राम्रो पद्धति होइन । ’
उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन् । यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण