काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको हो ।
_oBHYVtBTBk.jpg)
आयोगले विद्यार्थीले परीक्षा फाराम भरेर प्राप्त गरेको रोल नम्बरका आधारमा नतिजा निकाल्दा समस्या देखिएको छ । विद्यार्थीहरूले मंगलबार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
_xMcJ3BSoq0.jpg)
नतिजामा कैफियत देखिएको भन्दै विद्यार्थीहरूले सच्याउन मागसहित आन्दोलन नै थालेका छन् । विद्यार्थीहरूले आयोग परिसर तथा माइतीघर मण्डलामा पुगेर प्रदर्शन गरेका हुन् । रोल नम्बरका आधारमा नतिजा प्रकाशन गर्दा त्रुटि भेटिएपछि आयोगले सुधार गरेर अर्को नतिजा प्रकाशन गरे पनि विद्यार्थीहरूले चित्त नबुझाएका हुन् ।
_h3GrY08p0X.jpg)
_zMiDQ03p62.jpg)
_B4EAMSuVP4.jpg)
_KkzdyWZQCB.jpg)
_JDHJqGQYSi.jpg)
_zA4N2VaP07.jpg)
_iEfjRcMBxU.jpg)
_6raWSG3wBb.jpg)
_vb0uWVlgcl.jpg)
_3r6fwU3tRG.jpg)
_P9Am4AQpCZ.jpg)
_V1elWO0ozM.jpg)
_uFiUrIycXd.jpg)
_owMTOkgwNp.jpg)
_y32HOAKZRA.jpg)
प्रतिक्रिया